सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमा बन्दै धनगढीकी श्वेता !

२०७९ साउन ३०, ०१:१६ खबर संवाददाता

धनगढीः अभिनेत्री श्वेता खड्काले पहिलो सन्तानलाई जन्म दिंदैछिन्। चिकित्सकले कात्तिक अन्त्यतिर डेलिभरीको समय तोकेको पारिवारिक स्रोतले जनाएको छ। 

उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको जनाइएको छ। हिजोआज उनी घरमै आराम गरिरहेकी छिन् र सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्।धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते श्वेताको विवाह भएको थियो। त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो। श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन्।

सार्वजनिक रुपमा केही नबताए पनि श्वेतालाई सन्तान र करिअरलाई सन्तुलन मिलाउने योजना बनाइरहेकी छन्। गत महिना एक मिडियासँग उनले निकट भविष्यमै आफूले होमप्रोडक्सन फिल्म बनाउने बताएकी थिइन्।

कमेन्ट लोड गर्नुस