सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा मुसलधारे वर्षा र बाढी, २१ जनाको मृत्यु

२०७९ साउन ३०, ०५:५६

एजेन्सी: अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको ज्यान गएको छ। लोगार, वार्दाक र खोस्त प्रान्तमा परेको मुसलधारे वर्षा र बाढीका कारण उनीहरुको ज्यान गएको हो।

ती क्षेत्रमा सयौँ घाइते भएका समाचार संस्था बख्तरले जनाएको छ। बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका गाउँ र बस्ती प्रभावित भएका छन्। सयौँ घरहरूमा क्षति पुगेको छ। अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा केहीदिन अगाडिको बाढीमा महिला र बालबालिकासहित ४० जनाभन्दा धेरैको ज्यान गएको थियो।
 

कमेन्ट लोड गर्नुस