सुदूर नेपाललाई विश्वसँग जोड्दै

छुरा प्रहार गरिएका सलमान रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालियो

२०७९ साउन ३०, ०५:४५

एजेन्सी: अमेरिकाको न्युयोर्कमा भएको आक्रमणबाट गम्भीर घाइते भएका लेखक सलमान रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ। उनको स्वास्थ्यमा केही सुधार देखिएको र भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका सहयोगी एन्ड्रयु वाइलीले पुष्टि गरेका छन्। उनी बोल्न सक्ने अवस्थामा छन्। तर अरु थप विवरण दिइएको छैन।

७५ वर्षका रुस्दीमाथि न्युयोर्कमा भइरहेको एक साहित्यिक कार्यक्रममा शुक्रवार छुरा प्रहार भएको थियो। ज्यान मार्ने प्रयास गरेको अभियोगमा २४ वर्षका हाडी मतारलाई अदालतमा उपस्थित गराइएको थियो। तर उनले हत्या प्रयासमा आफू दोषी नरहेको बताएका छन्। उनलाई जमानत विना थुनामा राखिएको छ।

रुस्दीले आफ्नो उपन्यास ‘द सटानिक भर्सेस’का कारण वर्षौँदेखि ज्यान मार्ने धम्कीको सामना गर्नुपरेको छ। यस आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमणको रूपमा व्यापक रूपमा निन्दा गरिएको छ।

कमेन्ट लोड गर्नुस