सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा एकैदिन ४५५ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

२०७९ साउन २९, ०५:१३ खबर संवाददाता

काठमाडौंः पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन्। पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८२९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २ हजार ३०८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ५ जना र २ हजार ५२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५० जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ९४४ पुगेको छ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५४ सय नाघेको छ। मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ४३५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन्। त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण २ संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८८ रहेका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय २ जना संक्रमितहरु निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७५ हजार ६०९ पुगेको छ।

कमेन्ट लोड गर्नुस