सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका शाहिलले ल्याए दाईको सम्झनामा ‘मेरो दाई’ बोलको गीत (भिडिओसहित)

२०७९ साउन २९, ०४:५४ खबर संवाददाता

धनगढीः कैलालीका क्रिकेट खेलाडी स्व. वीरेन्द्र शाहीको स्मृतिमा ‘मेरो दाइ’ बोलको गीत सार्वजनिक भएको छ। वीरेन्द्रका भाई शाहिल शाहीले उक्त गीत बजारमा ल्याएका हुन्। गीतलाई लम्कीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो। गीतमा रवीन स्वार काजीले संगीत संयोजन गरेका छन्।

गीतको भिडिओमा शाहिल, कौशल अवस्थी, रमेश शाही देखिएका छन्। भिडिओमा वीरेन्द्रलाई याद गरेको कथावस्तु राखिएको छ। वीरेन्द्र सुदूर तथा कर्णाली प्रदेशमा हुने क्रिकेट प्रतियोगितामा सहभागि हुन्थे। उनी एक राम्रो खेलाडी भएकाले पनि क्रिकेटमा उनी परिचित थिए। २०५१ सालमा जन्मिएका वीरेन्द्रको २०७७ फागुनमा बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको थियो।

 

कमेन्ट लोड गर्नुस