सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षकका लागि राखेको पानी पिएको आरोपमा दलित विद्यार्थी कुटिए, २५ दिनपछि मुत्यु

२०७९ साउन २९, १०:२० खबर संवाददाता

एजेन्सी: भारतको राजस्थानमो शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको आरोपमा एक दलित समुदायका ९ वर्षीय बालक कुटिएका छन्। उक्त पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा उनको शनिबार मृत्यु भएको छ। 

प्रहरीले शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ।  उक्त घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको हो। द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ। 

मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख दिने घोषणा गरेका छन्।

कमेन्ट लोड गर्नुस