सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशरभर थप २६३ जनामा कोरोना संक्रमण

२०७९ साउन २८, ०७:४२ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएका हुन्।

एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन्। त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस