सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि
धनगढीः सुदूरपश्चिममा थप २६ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। शनिबार १ हजार २८० जनाको ऐन्टिजेन र ४ नमुना पीसीआर परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ऐन्टिजेन विधिबाट २४ र पीसीआर विधिबाट २ जनामा संक्रमण फेला परेको छ। हाल कैलालीको सेती प्रादेशिक अस्पतालमा १५ जना र डडेल्धुरा अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको छ।