सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तडमा सेनाको हेल्थ डेस्क, करिव डेढ सय जनाले लिए सेवा 

२०७९ साउन २८, ०१:३२ खबर संवाददाता

धनगढीः खप्तडमा नेपाली सेनाले संचालन गरेको हेल्थ डेस्कमार्फत करिव डेढ सय जनाले सेवा लिएका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिका वडानम्बर १ खापर दह इलाकामा जनै पूर्णिमाको दिन सेनाले हेल्थ डेस्क स्थापना गरेको थियो। 

सेनाको सिंह शार्दल गुल्म खप्तड व्यारेकले उक्त डेस्क स्थापना गरेर १४१ जनालाई सेवा प्रदान गरेको जनाएको छ। यस्तै सो क्षेत्रमा सेनाले सरसफाइ तथा अस्थायी शौचालय समेत निर्माण गरेको छ। 

कमेन्ट लोड गर्नुस