सुदूर नेपाललाई विश्वसँग जोड्दै

विमानस्थलमा चरा धपाउने गुलेली किन्न ३ लाख बजेट

२०७९ साउन २७, ०९:३० खबर संवाददाता

काठमाडौंः सरकारले विमानस्थलमा चरा धपाउने गुलेली किन्न ३ लाख बजेट विनियोजन गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलका लागि चरा धपाउने प्रयोजनमा प्रयोग हुने गुलेली र मट्याङ्ग्रा तथा जाली खरिदमा ३ लाख रुपैयाँ बजेट छुट्याएको हो।

प्राधिकरणका अनुसार पोखरा नागरिक उड्डयन प्राधिकरणका लागि १ लाख र वन्यजन्तु तथा चराचुरुङ्गी धपाउन तथा गुलेली मट्याङ्ग्रा खरिद तथा ट्रापर मर्मत गर्न त्रिभुवन विमानस्थलमा २ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसभन्दा धेरै ठूलो रकम भने शिकारी खर्चमा हुने गरेको छ।

प्राधिकरणका अनुसार यस वर्ष शिकारी खर्चमा पोखरामा मात्र ४० लाख रुपैयाँ खर्च हुने भएको छ। त्रिभुवन विमानस्थलका लागि भने २७ लाख रुपैयाँ शिकारी खर्च विनियोजन भएको प्राधिकरणको वार्षिक बजेटमा उल्लेख छ। त्रिभुवन विमानस्थलमा चरा तथा वन्यजन्तु धपाउन आधुनिक उपकरण तथा डिभाइससहित शिकारी समेत खटाउने गरिएको छ।

कमेन्ट लोड गर्नुस