सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना पुष्टि 

२०७९ साउन २७, ०७:५० खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा थप ३७ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। शुक्रबार १ हजार ५१ जनाको ऐन्टिजेन र ५६ नमुना पीसीआर परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ऐन्टिजेन विधिबाट २५ र  पीसीआर विधिबाट १२ जनामा संक्रमण फेला परेको छ। हाल कैलालीको सेती प्रादेशिक अस्पतालमा १५ जना र डडेल्धुरा अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस