सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवालाई खोकीले सताएपछि...

२०७९ साउन २७, ०३:४८ खबर संवाददाता

काठमाडौंः अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार युवा परिषद्ले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रधानमन्त्री देउवा पनि सहभागी भए र उनले मन्तव्य पनि राखे। लिखित मन्तव्य राखेका देउवालाई बोल्ने क्रममा खोकीले निक्कै नै सतायो।

जम्मा ५ मिनेट बोलेका देउवलाई बोल्न सुरु गरेको साढे ३ मिनेटमै खोकी लाग्न थालेको थियो। खोकी लागे पनि देउवाले खोक्दै‍–रोकिँदै लिखित मन्तव्य वाचन गरिरहे। उनले खोकीले असहज भएरै झण्डै २ मिनेटसम्म बोले। लगातारको खोकीका वावजुद पनि प्रधानमन्त्री देउवाले मन्तव्य पूरा गरे। मन्तव्यमा देउवाले देशमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए।

‘युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउन खाँचो रहेको छ। त्यसको लागि अन्तर पुस्ता सीप ध्यान हस्तानान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने देखिएको छ’, देउवाले भने।

कमेन्ट लोड गर्नुस