सुदूर नेपाललाई विश्वसँग जोड्दै

वार्ताबाटै समस्या समाधान गर्न भारतलाई पाकिस्तानी प्रधानमन्त्री खानको अपिल

। फोटो स्रोत ।
२०७५ फाल्गुन १६, ०२:२९ खबर संवाददाता

भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फेरि एक पटक वार्ताबाटै समस्या समाधान गर्न अपिल गरेका छन्। 
बुधबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले परमाणु शक्तिसम्पन्न राष्ट्रबीच द्वन्द्व चर्काउनुभन्दा कुराकानीबाटै समस्याको हल गरिनुपर्ने बताएका छन्। युद्धबाट कसैको पनि भलाइ नहुने भन्दै उनले युद्ध कता जान्छ भन्ने थाहा नहुने र दुवै पक्षले बुद्धिमतापूर्वक समस्याको हल निकाल्नुपर्ने बताएका छन्। उनले भने, जुन हतियार भारतसंग छ त्यो हामी संग पनि छ, यस्तो अवस्थामा हामी कुनै गल्ती गरेर बस्दैनौ, यहाँबाट अवस्था बिग्रँदै गयो भने कता जान्छरु त्यतिबेलाको अवस्था न मेरो नियन्त्रमा हुनेछ, न त मोदीको नियन्त्रण्मा। त्यसैले म फेरि पनि तपाईँलाई निम्ता दिन चाहन्छु, आउनुहोस् वार्ता गरौँ।’
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुधबार नियन्त्रण रेखा पार गरेका भारतीय वायु सेनाका दुई वटा लडाकु विमान खसालेको दाबी पनि गरका छन्। खानले भने, ‘हामी मात्रै आफ्नो क्षमता देखाउन चाहन्थ्यौँ ।  पाकिस्तानी आकाशमा आएका दुई वटा मिग विमानलाई हामीले खसाल्यौँ। म यो पनि बताउन चाहन्छु कि एक पाइलट हामीसँगै छन। म भारतसँग वार्ता गर्न चाहन्छु। म भारतलाई समझदारी कायम राख्न र गम्भीरतापूर्वक सोच्न आग्रह गर्न चाहन्छु।’ पाकिस्तानी प्रधानमन्त्रीले वार्ताको आह्वान गरे पनि भारतीय पक्षले भने आधिकारिक रुपमा यसको प्रतिक्रिया जनाएको छैन।
 

कमेन्ट लोड गर्नुस