सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा नेविसंघ(विपी) को कार्यसमिति विस्तार 

२०७९ साउन २७, ०८:४० खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा नेपाली काँग्रेस(विपी) निकट नेपाल विद्यार्थी संघ(विपी)को कार्य समिति विस्तार गरिएको छ। विहीबार मदन बोहराको अध्यक्षतामा ११ सदस्यीय समिति विस्तार गरिएको हो।  मदन बोहरा यसअघि जिल्ला अध्यक्ष पदमा मनोनित भइसकेका छन्। 

यस्तै विहीबार नै नेपाली काँग्रेस(विपी) सुदूरपश्चिम प्रदेश कार्य समितिको सदस्यमा गजेन्द्रबहादुर चन्द मनोनित भएका छन्। उनलाई बैतडीको संयोजकको जिम्मेवारी समेत दिइएको छ। यस्तै राजेन्द्र जैरु पनि सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य पदनमा मनोनित भएका छन्। 

कमेन्ट लोड गर्नुस