सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाका कारण एकै दिन पाँचको मृत्यु

२०७९ साउन २७, ०७:३३ खबर संवाददाता

काठमाडौं: कोरोना संक्रमणप्रति नागरिक स्तरमा बेवास्ता बढिरहेका बेला एकै दिन पाँचव्यक्तिले ज्यान गुमाएका छन्। स्वास्थ्यमन्त्रालयको तथ्यांकअनुसार गत पाँच महिनायताको यो ठूलो क्षति हो।

मन्त्रालयले बिहीबार २४ घण्टाको तथ्यांक सार्वजनिक गर्ने क्रममा ४ हजार ५ सय ३४ जनाको परीक्षण गरिएकोमा ८ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार ४ सय ७६ जना कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । चौथो चरणको कोरोना संक्रमणबाट ५ हजार ८ सय ६९ जना सक्रिय संक्रमित भएका छन्।

कोरोनाकै कारण नेपालमा साढे २ वर्षको अवधिमा ११ हजार ९ सय ८२ जनाको मृत्यु भइसकेको छ।

 

कमेन्ट लोड गर्नुस