आगामी चुनावमा म्यादीको संख्या बढ्छः आईजीपी सिंह
धनगढीः आगामी निर्वाचनमा म्यादी प्रहरी भर्नाको संख्या बढ्ने आईजीपी धिरजप्रताप सिंहले बताएका छन्। बिहीबार पत्रकार सम्मेलनमार्फत उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वैशाख ३० मा भएको स्थानीय तहको चुनावमाभन्दा धेरै संख्यामा म्यादी भर्ना गरिने बताएका हुन्।
उक्त निर्वाचनमा ४० दिनका लागि म्यादी भर्ना गरिने आईजीपी सिंहले बताए। स्थानीय तहको निर्वाचनमा करिब एक लाखको संख्यामा म्यादी प्रहरी खटाइएको थियो। प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मंसिर ४ मा हुँदै छ।