सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियामा बर्षाका कारण ९ जनाको मृत्यु, सात बेपत्ता

२०७९ साउन २५, १०:१९

एजेन्सी: दक्षिण कोरियामा अत्यधिक बर्षाका कारण कम्तीमा थप नौ जनाको मृत्यु भएको छ।  सरकारी अधिकारीहरूले बर्षापछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन्। देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै यस्ता घटना भएका हुन्।

बुधबारसम्ममा ५०० मिलिलिटर बर्षा भएको मौसम विभागका अधिकारीहरुले जानकारी दिएका छन्। मृत्यु भएका मध्ये एक जना चिनियाँ नागरिक रहेको दक्षिण कोरियास्थित चिनियाँ दूतावासले जनाएको छ। स्थानीय समयअनुसार मङ्गलबार दिउसो ४.२३ मा ग्येयोङ्गी प्रान्तमा ती व्यक्तिको पहिरोमा परी मृत्यु भएको हो। बर्षापछिका घटनाका कारण सोल र ग्येयोङ्गीका क्षतिग्रस्त ३९८ घरका ५७० जना विस्थापित भएका छन्। उनीहरूलाई विभिन्न आश्रय स्थलहरुमा लगेर राखिएको छ।

अहिले दक्षिण कोरियामा देशभरी गरेर कूल एक हजार २५३ जना बर्षाका कारण विस्थापित भएका छन्। उनीहरू ७२४ घरका हुन्।  बर्षाका कारण दुई हजार ६०० घर क्षतिग्रस्त भएका छन् भने धेरै सवारी साधन डुबानमा परेका छन्। बर्षाले सडक, विद्युत, सञ्चारलगायतका सेवाहरुलाई पनि प्रभावित पारेको अधिकारीहरुले जनाएका छन्। कतिपय ठाउँमा ती सेवा अवरुद्ध भएका छन्। सेवा सूचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरूको भनाइ छ। –सिन्ह्वा

कमेन्ट लोड गर्नुस