सुदूर नेपाललाई विश्वसँग जोड्दै

१५ सय बालबालिकालाई झाडापखाला

२०७९ साउन २५, ०८:४३

काठमाडौं: अफगानिस्तानको उत्तरपूर्वमा रहेको टखर प्रान्तमा झाडा पखालाबाट एक हजार ५०० बालबालिका बिरामी भएको जनाइएको छ। पछिल्लो एक हप्तामा उक्त प्रान्तमा अत्यधिक झाडा पखालाका बिरामी भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। 

“हाम्रो प्रान्तमा मात्रै झाडा पखालाबाट अहिले एक हजार ५०० भन्दा बढी विरामी भएको विवरण आएको छ, उनीहरुलाई विभिन्न अस्पतालमा उपचार गराइएको छ,” अफगानी अधिकारीले भने। सरकारी अधिकारीहरुले रोग नियन्त्रणका लागि प्रयास गरिरहेको जानकारी दिएका छन्। 

गर्मी मौसम, प्रदूषित पिउने पानी, स्वास्थ्य सतर्कताको अभावलगायतका कारणले झाडा पखाला फैलिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

यसअघि दुई हप्ता पहिले अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा नौ हजार ५०० विरामी भएका थिए। उनीहरूमध्ये ६६७ जनामा हैजा भएको पुष्टि गरिएको थियो। रासस/सिन्ह्वा

कमेन्ट लोड गर्नुस