छायाँकार विदुर पाण्डेको निधन
काठमाडौँ: छायाँकार विदुर पाण्डेको निधन भएको छ। बुधबार बिहान ५५ वर्षीय पाण्डेको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पाण्डेलाई सीतापाइलास्थित आफ्नै घरमा हृदयाघात भएपछि गंगालाल अस्पताल पुर्याइएकोमा अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका बताइएको छ। उनी ३५ वर्षदेखि चलचित्र क्षेत्रमा निरन्तर काम गर्दै आएका थिए। उनले नेपालको पहिलो डिजिटल फिल्म 'कागबेनी' को छायांकन गरेका थिए। उनले थुप्रै म्युजिक भिडियो, विज्ञापन, फिल्महरूमा काम गरेका छन्।