सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा

२०७९ साउन २५, ०५:५९

एजेन्सी: भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ।

उनले राजीनामा बुझाएपछि पार्टीका सबै विधायक र सांसद अहिलेको गठबन्धनबाट अलग हुन चाहेको बताए। गठबन्धनमा संलग्न भारतीय जनता पार्टी ९बीजेपी० सँग मतभेद बढेपछि जनता दल युनाइटेडले आज विधायक र सांसदको बैठक बोलाएको थियो। लोकसभाका सांसद र सबै विधायकसँगको बैठकमा अहिलेको गठबन्धन एनडीए छाड्नुपर्छ भन्ने विचार आएकोले त्यसलाई स्वीकार गरेर आफूले राजीनामा दिएको उनले बताए।

अब नितिश कुमारले राष्ट्रिय जनता दलको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको बीबीसी हिन्दीले जनाएको छ। कांग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने सङ्केत गरेका छन्। यसैबीच भारतीय जनता पार्टीले भने गठबन्धन तोड्दै मुख्यमन्त्रीले दिएको राजीनामा बिहारका नागरिक र पार्टीबीच धोका भएको प्रतिक्रिया दिएको छ। 

कमेन्ट लोड गर्नुस