सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढीमा बेपत्ता भएका किशोर मृत फेला

२०७९ साउन २४, ०६:३० खबर संवाददाता

धनगढी: ३ दिनअघि डडेल्धुरा सदरमुकामबाट बेपत्ता भएका एक किशोर मृत फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ स्थित सिलिङधारा घर भएका अन्दाजी १५ वर्षीय किरण पाठक मृत भेटिएका हुन्। 

उनी अमरगढीकै मौरडा गाउँ तल रहेको डोटी खोलामा मृत अवस्थामा फेला परेको स्थानीय सन्तोष साहुले जानकारी दिए। पाठकको शव खोलामा डुबेको अवस्थामा भेटिएको उनले बताए। 

प्रहरीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले घटनाको अनुसन्धान भइरहेको बताए। 


 

कमेन्ट लोड गर्नुस