सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको एक मन्दिरमा भागदौड मच्चिँदा तीन जनाको मृत्यु

२०७९ साउन २४, ०५:५८

एजेन्सी: भारतको राजस्थानमा मन्दिरमा भागदौड मच्चिँदा तीन जना भक्तजनको मृत्यु भएको छ। सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा भागदौड मच्चिँदा तीन जना महिला भक्तजनको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ।

दुई जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ। मन्दिरमा भक्तजनको भिडका कारण भागदौड मच्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

कमेन्ट लोड गर्नुस