सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर एकैदिन ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

२०७९ साउन २३, ०९:२५ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन्। जसमध्‍ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन्।

यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको छ।

यस्तै १० वर्ष मुनिका १० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्ष उमेर समूहका ४३ जनामा कोरोना संक्रमित भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस