सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मायामेट्रो अस्पतालमा स्वास्थ्य सेवामा छुट 

२०७९ साउन २३, ०९:२१ खबर संवाददाता

धनगढी: ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको मायामेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदानगर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता भएको छ। 

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले मायामेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन्। 

मायामेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड वा बंैकको परिचयपत्र पेश गर्नु पर्नेछ। 

कमेन्ट लोड गर्नुस