सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइफोन १४ को उत्पादन भारतमै हुने

२०७९ साउन २३, ०६:३५ खबर संवाददाता

एप्पलले निकट भविष्यमै ल्याउन लागेको आफ्नो नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादन भारतमै गर्ने तयारी गरेको छ।एक रिपोर्ट अनुसार आइफोन १४ को उत्पादन सँगै विश्वभर आपूर्ति पनि भारत र चीनबाट गरिनेछ।

अहिलेसम्म भारतमा केवल आइफोन ११, आइफोन १२ र आइफोन १३ को उत्पादन भैरहेको छ। आइफोन १४ सँगै भारतमा एप्पलको हाइ इण्ड आइफोन पनि उत्पादन हुनेछ।भारतमा उल्लेखित आइफोनहरू चेन्नइस्थित फक्सकन प्लान्टमा उत्पादन हुने गरेका छन्। एप्पलका लागि आइफोन बनाउने फक्सकनले नै पहिलोपटक भारत र चीन दुवै देशबाट आइफोन १४ को आपूर्ति सुरु गर्ने बताइएको छ।

सेक्योरिटी विश्लेषक मिंग ची कुओले एक ट्वीटमार्फत दिएको जानकारी अनुसार एप्पलले चीनसँगै भारतबाट पनि पछिल्लो हाइइण्ड फोनको उत्पादन तथा आपूर्ति सुरु गर्नेछ। उनले आफ्नो पछिल्लो सर्भेको आधारमा यस्तो जानकारी दिएका हुन्।

एप्पलले आगामी महिना अर्थात् सेप्टेम्बरमा आफ्ना आइफोन १४ सिरिजका आइफोन सार्वजनिक गर्दैछ। यसबीचमा आइफोन १४ को मूल्य तथा फिचर्सका बारेमा विभिन्न सूचनाहरु सार्वजनिक भैरहेका छन्। चर्चित प्रविधि संवाददाता डान इभ्सले आफ्नो रिपोटमा उल्लेख गरे अनुसारआइफोन १४ को मूल्य आइफोन १३ को तुलनामा १०० डलर बढी हुनेछ। अर्थात् आइफोन १४ को सुरुआती मूल्य ८९९ डलर हुनेछ।

आइफोन १४ मा ६.१ इन्चको स्क्रिन हुनेछ भने एप्पलको ए१५ बायोनिक प्रोसेसर रहनेछ। -एजेन्सी

कमेन्ट लोड गर्नुस