सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम

२०७९ साउन २३, ०६:२२ खबर संवाददाता

काठमाडौः इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम भएको छ। इजिप्टको मध्यस्थतामा दुबै पक्षबीच गएरातिदेखि युद्ध विराम भएको हो। इजरायलका प्रधानमन्त्री याइर लापिड र प्यालेस्टाइन इस्लामिक जिहादका लडाकु दुबैले युद्ध विराम भएको बताएको बीबीसीले जनाएको छ।

इजरायल र प्यालेस्टाइन विद्रोहीबीच तीन दिनसम्म चलेको हिंसामा परी १५ बालबालिकासहित ४४ जनाको मृत्यु भएको समाचारहरु सार्वजनिक भएका छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले यसलाई सन् २०२१ मा ११ दिनसम्म चलेको लडाईंपछिकै ठूलो हिंसा भनेका छन्।

गत सोमबार इस्लामिक जिहादका प्रमुख बसिम सादीलाई जेनिन क्षेत्रबाट इजरायलले पक्राउ गरेपछि तनाव सुरु भएको थियो।

कमेन्ट लोड गर्नुस