सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाटबाट भारतीय पर्यटकले नेपाल आउन नपाइने 

२०७९ साउन २३, ०५:५१ खबर संवाददाता

धनगढीः झुलाघाट नाका भएर भारतीय पर्यटकले नेपाल आउन नपाइने भएको छ। भारतबाट घुम्न आउने पर्यटकमा कोरोना संक्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको हो। 

नेपाल–भारत सीमानाका झुलाघाटबाट नेपाल घुम्न आउने पर्यटकमा कोरोना संक्रमण देखिन थालेको हो। स्वास्थ्य कार्यालय बैतडीका अनुसार सोमबार चारजना भारतीयमा कोरोना पुष्टि भएको छ। झुलाघाट नाकाबाट नेपाल आइरहेका उनीहरूमा कोरोना देखिएको हो। कोरोना देखिएपछि उनीहरूलाई नाकाबाटै भारत फिर्ता गरिएको छ। बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च रहेको छ। 

बैतडीमा हालसम्म ३ हजार ३७४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रमणकै कारण १९ जनाको ज्यान गइसकेको छ।

कमेन्ट लोड गर्नुस