सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप १२१ जनामा कोरोना पुष्टि, संक्रमित कहाँका ?  

२०७९ साउन २३, ०५:२८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा कोरोना संक्रमण दर निरन्तर उकालो लागिरहेको छ। आज सोमबार मात्रै प्रदेशमा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९६७ जनाको नमुना एन्टिजेन विधि र ७७ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १२१ जनामा संक्रमण फेला परेको हो।  

कैलालीको सेती प्रादेशिक अस्पतालमा ६७ नमुनालाई पीसीआर परीक्षण गर्दा २२ जना र डडेल्धुराको डडेल्धुरा अस्पतालमा ८ नमुना परीक्षण गर्दा २ जनामा  संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ। 

यस्तै कञ्चनपुरमा ७९८ नमुना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ७४ जना, कैलालीमा २९३ नमुना परीक्षण गर्दा १९, बैतडीमा १३ नमुना परीक्षण गर्दा १ र बझाङमा ३ नमुना परीक्षण गर्दा २ जनामा कोरोना भेटिएको छ।  
हाल सेती अस्पतालमा १० जना कोरोना संक्रमितको उपचार भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस