सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागुऔषधसहित एकजना पक्राउ

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ साउन २३, ०४:२६ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन्। करिब ३ सय मिलीग्राम अवैध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित सोही ठाउँ बस्ने २२ वर्षीय नरेश थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागुऔषधसहित उनलाई पक्राउ गरेको थियो। थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस