सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोस्रो विश्वयुद्धमा नदीमा खसेको ४५० केजीको बम भेटियो

२०७९ साउन २३, ०१:५९ खबर संवाददाता

इटालीः दोस्रो विश्वयुद्धमा नदीमा खसेको बम इटालीको पो नदी नजिक फेला परेको छ। जलवायु परिवर्तनले निम्त्याएको चरम खडेरीका कारण नदीको पानी सतहमा नै देखिन थालेपछि बम भेटिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ। ४५० केजी बम पो नदीको किनारमा माछा मार्नेहरूले फेला पारेका थिए। इटालीको ७० वर्षमा सबैभन्दा खराब खडेरीमा ६५० किलोमिटर नदीको ठूलो भाग सुकेको छ।

“पो नदीको किनारमा माछा मार्नेहरूले बम फेला पारेका थिए,” सेनाका अधिकारी कर्नेल मार्को नासीले रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ। सेनाका अधिकारीहरूले आइतबार एक नियन्त्रित विस्फोटमा बम विस्फोट गराएका छन्। बम डिस्पोजल विशेषज्ञहरूले आइतबार सुरक्षित विस्फोटनका लागि लगभग तीन हजार नजिकका बासिन्दाहरूलाई त्यहाँबाट हटाएका थिए। त्यसबेला उक्त क्षेत्रको हवाई क्षेत्र पनि केही समयका लागि बन्द गरिएको र जलमार्गमा नदीको यातायात पनि बन्द गरिएको थियो।

कमेन्ट लोड गर्नुस