सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक जनाको मलेसियामा मृत्यु 

२०७९ साउन २३, ०९:०० खबर संवाददाता

धनगढी: कञ्चनपुरका एक जनाको मलेसियामा मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलमा मलेसियामा रहेका कृष्णपुर नगरपालिका-५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मृत्यु भएको हो।

हृदयघातका कारण उनको आइतबार मृत्यु भएको जानकारी पाएको उक्त नगरपालिकाका प्रमुख हेमराज ओझाले बताए। देउवा विगत १५ वर्षदेखि मलेसियामा काम गर्दै आएका बताइएको छ।  

कमेन्ट लोड गर्नुस