सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्चले सच्यायो ‘अनुचित’ निर्णय, अब चेक बाउन्स बैंकिङ कसुर

२०७९ साउन २२, १०:२२ खबर संवाददाता

काठमाडौं: सर्वोच्च अदालतले गरेको चेक बाउन्सको मुद्धाप्रतिको फैसलालाई सच्याएको छ । तीन वर्षपहिले चेक अनादारको मुद्धालाई बैंकिङ कसुर अन्तर्गत नपर्ने भनी सर्वोच्चले गरेको फैसलालाई ‘सच्याएको’ हो। 

न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्ण इजलासले ०७६ असार ९ मा न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीले गरेको फैसलालाई पुनरावलोकनमार्फत परिवर्तन गरेको हो ।

सर्वोच्च अदालतको पुरानो फैसला बदर गर्ने पूर्ण इजलासको फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

कमेन्ट लोड गर्नुस