सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘अब मासुभातमा बिक्ने होइन, यस्ता प्रतिनिधि चुनौं’

२०७९ साउन २१, ०६:४३

आकाश खड्का, धनगढीः सरकारले यही मंसिर ४ गते एकै चरणमा संघीय संसद र प्रदेश सभाको निर्वाचन हुने घोषणा गरेको छ। यो आफैमा ठूलो अवसर र त्यो भन्दा ठूलो चुनौती हो। 

हामीले अवसर र चुनौतीका रुपमा ग्रहण गरौं। अर्को वर्षको लागि प्रतिनिधि चुन्ने दिन अहिलेदेखि नै हेरौं। बुझौं, जानौं, र चिनौं कस्ता उम्मेदवारलाई चुन्ने ? अब जनताको हातमा छ देशको भाग्य र भविष्य। सरकारले घोषणा गरेको निर्वाचन सम्पन्न मात्र होइन सार्थक बनाउन सबैले आआफ्नो ठाउँबाट लागौं। न हामी कुनै पार्टी, न कुनै नेता तथा कार्यकर्ता। अब हामी आम नागरिकले कस्ता प्रतिनिधिलाई आफ्नो सांसद र मन्त्री बन्न पठाउने भन्ने विषयमा विवेक लगाऔं। 

अहिले दलहरुले सर्वसाधारण जनताहरूलाई भ्रममा राखेका छन्। त्यसैले  विभाजित छन्। अब पनि मासु भातमा बिक्यो भने फेरि दुःख पाउँछौं। हामी सबै होसियार हुन आवश्यक छ। तसर्थ अबको चुनावमा कसलाई र कस्ता जनप्रतिनिधिलाई भोट हाल्ने ? कस्ता जनप्रतिनिधि चुन्ने भन्ने विषयमा छलफल गरौं। आफ्नो अमूल्य मत  दिएर जनप्रतिनिधि छान्नको लागि तपाईं, हामीले एउटा साझा निष्कर्षका साथ उचित मापदण्ड बनाउ।

यसपालिको निर्वाचनमा कस्ता प्रतिनिधिलाई नचुन्ने भन्ने बारेमा मेरो प्रारम्भिक प्रस्तावः 

-पटकपटक मन्त्री तथा प्रधानमन्त्री बनेर देश र जनताको पक्षमा काम नगरेको 
-सांसद भएर निर्वाचन क्षेत्रको विकासमा वेवास्ता गर्ने 
-युवा उमेर सकिएका ४० वर्ष कटेका 
-देश र जनताको जनताको दुःख, सुखमा नदिने 
-अशिक्षित
-राजनीतिलाई पेसा बनाउने 

कमेन्ट लोड गर्नुस