सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘मंसिर ४ गते रविबार र एकादशी परेछ, मासुभातले काम गर्दैन’

२०७९ साउन २१, ०५:५९ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले यसपटकको निर्वाचन एकादशीका दिन परेको भन्दै मासुभातले भोट किन्न नसकिने बताएका छन्।पार्टीको लुम्बिनी प्रदेशस्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै लामिछानेले सारा दुख बिर्सिएर मासुभात र पैसामा नबिक्न पनि मतदातालाई आग्रह गरे।

‘चुनाव आएपछि हामी मासुभातमा बिक्छौँ भन्ने आरोप पनि लाग्ने गरेको छ। तर यसपालिको चुनाव एकादशीको दिन पो परेछ।’ उनले भने, ‘यसपालिको चुनाव आइतबार परेछ, आइतबारलाई रविबार पनि भन्ने गरिन्छ।’ उनले पटकपटक प्रधानमन्त्री भइसकेका नेता पनि आउँदो चुनावमा किन लड्न लागेको भन्दै प्रश्न गरेरु लामिछानेले अझै प्रधानमन्त्री बन्ने लोभमा उनीहरु चुनाव लड्न खोजेको भन्दै आपत्ति जनाए।

कमेन्ट लोड गर्नुस