थाइल्यान्डको नाइटक्लबमा आगलागी, १४ जनाको मृत्यु
२०७९ साउन २१, ०९:२९
एजेन्सी: थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको ज्यान गएको छ। आगलागीमा परि ४० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ।
स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आगलागी भएको थियो । आगलागीपछि मानिसहरुको भागदौड मच्चिएको थियो। आगलागीको कारण खुलेको छैन।
कमेन्ट लोड गर्नुस