सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा मङ्किपक्स भाइरसका सङ्क्रमितको सङ्ख्या ९ पुग्यो

२०७९ साउन २१, ०९:१०

भारत: भारतमा मङ्किपक्स भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ पुगेको छ। भारतको राजधानी दिल्लीमा एकजना विदेशी महिलामा मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको हो।  

योसँगै दिल्लीमा मङ्किपक्सका ४ जना बिरामी पुगेका छन् भने अन्य ५ जना केरला राज्यका छन्।  भारतमा हालसम्म ९ जनामा मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ। 

 

कमेन्ट लोड गर्नुस