सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा वडाध्यक्षले गरे गर्भवतीको उद्धार

२०७९ साउन २०, १०:५३ खबर संवाददाता

बझाङः बझाङमा एक वडाध्यक्षले गर्भवतीको उद्धार गरेका छन्। जिल्लाको बुङ्गल नगरपालिका-१० का निर्वाचित वडा अध्यक्ष प्रेम ओखेडाले शुक्रबार गर्भवती हुन नसकेकी एक महिलाको उद्धार गरेका हुन्।

सोही वडाकी पदमा ओखेडाको उद्धार गरेर डडेल्धुरा ल्याइएको थियो। डडेल्धुरा अस्पतालमा उनले शिशुको जन्म दिएकी छन्। अहिले आमा र शिशु दुबैको अवस्था सामान्य छ। 

वडानम्बर १० बुङ्गलकै दुर्गम वडा मानिन्छ। यहाँ यातायात तथा विद्युत सुविधा पुगेको छैन। यस्तै स्थानीयस्तरमा स्वास्थ्य सेवा पनि नभएकाले अन्यत्र जानुपर्ने बाध्यता छ।

कमेन्ट लोड गर्नुस