सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्याम्पसमा जीवन बिमा सम्बन्धी सचेतना जगाउँदै आइएमई लाइफ इन्स्योरेन्स

२०७९ साउन २०, ०४:५० खबर संवाददाता

डडेल्धुरा: आइएमई  लाइफ इन्स्योरेन्स डडेल्धुरा शाखाले क्याम्पसका विद्यार्थीहरुसँग बिमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।

शुक्रबार जिल्ला सदरमुकाममा रहेको ह्वाईट पार्क कलेजका विद्यार्थीहरुसँग बिमा सचेतना कार्यक्रम सञ्चालन गरिएको आइएमई लाइफ इन्स्योरेन्स डडेल्धुराका यरिया ब्रान्च म्यानेजर हुकमबहादुर डाङीले बताएका छन्।
डाङीले विद्यार्थीहरुलाई जीवन बिमाका बारेमा जानकारी गराउने उद्देश्ले सो कार्यक्रम सञ्चालन गरिएको बताए। 

जीवन बिमा किन गर्ने, फाइदाहरु र महत्वका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउँदा जीवन बिमाप्रति सबैको सकरात्मक धारणाको विकास हुने ह्वाईट पार्क कलेजका क्याम्पस प्रमुख चित्र पाण्डेले बताए। 

कलेजका विद्यार्थीहरुलाई बिमा कसरी गर्ने, बिमा गर्दा कुन योजना अन्र्तगत गर्ने, बिमा गरेपछि कम्पनीबाट प्राप्त हुने विभिन्न सुविधाहरुका बारेमा जानकारी गराउनुका साथै कसरी व्यवसायिक अभिकर्ता भएर काम गर्ने बारेमा सचेतना गरिएको थियो।

कमेन्ट लोड गर्नुस