सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको आदर्श गाउँपालिकाले किन फेर्दैछ नाम ? 

पश्चिमचौकी आदर्श नामाकरणको प्रस्ताव 

२०७९ साउन २०, ०४:४८ खबर संवाददाता

डोटीः डोटीको आदर्श गाउँपालिकाको नाम परिवर्तनका लागि प्रस्ताव गरिएको छ। पालिकाको नाम फेरेर पश्चिमचौकी आदर्श राख्न प्रस्ताव गरिएको हो। 

गाउँपालिका अध्यक्ष गणेश खड्काका अनुसार डोटीका सबै स्थानीय तहको नाम ऐतिहासिक पहिचानबाट राखिएको छ। आर्दशको पनि ऐतिहासिक पहिचानका आधारमा नाम राखिने भन्दै नयाँ नाम प्रस्ताव गरिएको उनले बताए। बहुसंख्यक जनसमुदायले नाम परिवर्तनको माग गरिएपछि यस्तो प्रस्ताव गरिएको उनको भनाइ छ। 

यस्तै नामबाट आदर्श नभई कामबाट आदर्श गाउँपालिका बनाउने भन्दै नयाँ नाम प्रस्ताव गरिएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामीले बताइन्। उक्त नामको प्रस्ताव साउन १० गतेको नीति तथा कार्यक्रममासमेत प्रस्तुत भइसकेको र प्रक्रियामा रहेको धामीले जानकारी दिइन्।

असार २९ गते गाउँसभाबाट पनि पश्चिमचौकी नाम पास भइसकेको धामीले बताइन्। तर, नाम परिवर्तबारे माथिल्लो तहको सरकारले निर्णय लिनेछ। 

कमेन्ट लोड गर्नुस