सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा किसुन जी निःशुल्क विश्रामस्थल स्थापना 

२०७९ साउन २०, ०४:१५ खबर संवाददाता

डडेल्धुरा: विभिन्न कामले डडेल्धुरा सदरमुकाम पुगेका तथा आवतजावत गर्दा अलपत्र परेका नागरिकका लागि निःशुल्क विश्रामस्थल सञ्चालनमा ल्याइएको छ।  कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान र सेवादल डडेल्धुराले बिहीबारबाट उक्त विश्रामस्थल सञ्चालनमा ल्याएको हो।

विशेषगरी आर्थिक अभावका कारण होटलमा बस्न नसक्ने अवस्था भएका नागरिकका लागि ६ बेडको विश्रामस्थल स्थापना गरेको कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका कार्यलय सचिव रामबहादुर विष्टले बताए। उक्त विश्रामस्थल कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानको भवनमा रहेको छ। 

यसअघि पनि सेवा दलले कोरोना संक्रमणका बेला सोही भवनमा क्वारेन्टिन तथा निःशुल्क खानाको व्यवस्था गरेको थियो। यस्तै अक्सिजन सहयोग तथा बाढी पीडितलाई राहत वितरण समेत सेवा दलले गरेको थियो।

 
 

कमेन्ट लोड गर्नुस