सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिनादेखिको हिमपातले बाजुरामा पढाई प्रभावित

२०७५ फाल्गुन १५, ०३:४१ प्रकाश सिंह

एक महिनादेखिको हिमपात र वर्षाले बाजुराका अधिकांश विद्यालयमा पढाई प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयको पढाई निकै प्रभावित भएको छ । अहिलेसम्म पनि राम्रोसँग विद्यालय सञ्चालनमा आउन नसकेको शिक्षा विकास तथा समन्वय ईकाईका निमित्त प्रमुख रमेश बहादुर जनालले वताए । विद्यालय सञ्चालनमा त छन्, विद्यार्थी नियमित उपस्थित हुन सकेका छैनन्– उनले भने । बाजुरामा १ सय ८६ आधारभुत विद्यालय, ६२ वटा मावि, २ सय २३ वालविकास केन्द्र रहेका छन्, भने ३० वटा निजि विद्यालय रहेका छन् । हिमाली भेगका केही विद्यालयमा पौष १५ देखि माघ १५ गतेसम्म एक महिना हिउँदे बिदा दिने व्यवस्था रहेको छ । तर अहिलेसम्म पनि हिउँ पर्न नरोकिएपछि पढाई निकै प्रभावित भएको हिमाली आधारभुत विद्यालयका शिक्षक अनिल कुमालले जानकारी दिए । 

बाजुराको हिमाली क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा २४ वटा विद्यालय रहेका छन् । धेरै विद्यालयमा हिमपात अहिले पनि भईरहेको भएपनि पढाई निकै प्रभावित भएको हिमाली गाँउपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले वताए । विद्यालय सञ्चालन भएपनि तल्लो तहका कक्षाहरु सञ्चालनमा आउन निकै समस्या भएको छ, चिसोले वालवालिका विद्यालय आउन मान्दैनन्– उनले थपे । विद्यालय सञ्चालन त गरेको छु चिसोले बालबालिकाहरु पढ्नै नआउने  आएकाहरुलाई पनि आगो बालेर तताउनुपर्ने अवस्था रहेको बडिमालिका नगरपालिका ७ रहेको सरस्वती आधारभूत प्राथमिक विद्यालयका प्रअ हस्तबहादुर धामीले बताए । 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस