सुदूर नेपाललाई विश्वसँग जोड्दै

ताइवानमा बस्ने नेपाली भन्छन्ः यहाँको अवस्था सामान्य छ

२०७९ साउन १९, ०६:५८ खबर संवाददाता

काठमाडौँः अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि रुष्ट बनेको चीनले ताइवान सीमा नजिकैको समुद्रमा मिसाइल आक्रमण गरिरहेको छ। अन्तर्राष्ट्रिय मिडियाहरूले पनि यसबारे निरन्तर खबर प्रकाशन÷प्रसारण गरिरहेका छन्।

चीनले आक्रमण गर्ने शैलीमा ताइवान नजिकैको समुद्रमा मिसाइल आक्रमण लगातार गरिरहेको खबर आइरहँदा त्यहाँको जनजीवन भने सामान्य रहेको त्यहाँ बसिरहेका नेपालीहरूले बताएका छन्।

ताइवानको ताइचोङ सहरस्थित चायोयाङ युनिर्भसिटी अफ टेक्नोलोजीमा पोस्टडक्टरल गरिरहेका सरोज अधिकारीले त्यहाँ जनजीवन सामान्य रहेको बताएका छन्। राजधानी ताइपेइदेखि ३ घन्टा टाढा रहेको यो सहर ताइवानको मध्यभागमा पर्छ। यो सहरमा करिब २ सय जना नेपालीहरू रहेको उनले जानकारी दिए।

कमेन्ट लोड गर्नुस