सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बढ्दो

२०७९ साउन १९, ०५:५६

एजेन्सी: अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ। चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेको अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ।

चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको नियत खराब रहेको र यसमा चीन चुप नबस्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। पेलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन्। उनी बेइजिङको आलोचक समेत मानिन्छिन्।

चीनले यो भ्रमणविरुद्ध यसअघि पनि चेतावनी दिएको थियो। चीनको परराष्ट्र मन्त्रालयले पेलोसीको भ्रमणप्रति आपत्ति जनाउँदै यो भ्रमणले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन भएको जनाएको छ। ताइवान एउटा स्वशासित टापु हो तर चीनले आफ्नो क्षेत्र मान्दै आएको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गरेको छ। सन् १९४० को दशकमा चीन र ताइवान अलग भएका थिए।

कमेन्ट लोड गर्नुस