सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्‍यु

२०७९ साउन १८, ०८:४८ खबर संवाददाता

सोलः सवारी दुर्घटनामा परी ंकोरियामा एक नेपालीको मृत्‍यु भएको छ। कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले बताए। 

मगर ईपीएस भाषा परीक्षा उत्तीर्ण गरी ३ वर्षअघि कोरिया आएका थिए। गर्मी विदामा साथीहरुसँग घुमेर मंगलबार साँझ आफ्नो कोठामा फर्किएका मगर खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस