सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलियामा कारभित्र हस्तमैथुन गर्ने एक नेपाली पक्राउ

२०७९ साउन १७, ०७:३१ खबर संवाददाता

काठमाडौँ: अष्ट्रेलियामा कारभित्र हस्तमैथुन गर्ने एक नेपाली पक्राउ परेका छन्। सन् २०१५ मा अष्ट्रेलिया गएका नेपाली पुरुष ‘यौन अपराधी’ घोषित भएर घर फर्काइने अवस्थामा पुगेका हुन्। 

२६ वर्षीय नेपाली युवक २०२१ मा होबार्टमा रोजनी पार्कतिर गएर कारभित्र हस्तमैथुन गर्दा उनलाई काउन्सिलका श्रमिकले देखेका थिए। उनलाई अष्ट्रेलियामा निषेधित व्यवहारमा संलग्न भएको मुद्दा गरेको थियो। 

अदालती प्रक्रिया अन्तर्गत कम्युनिटी करेक्सन तास्मानीय(सीसीटी)लाई ती आप्रवासीले पुनः अपराध गर्ने जोखिम रहे, नरहेको मुल्यांकन गर्ने जिम्मेवारी दिइएको थियो। सामान्यतया अदालतले सीसीटीको मूल्यांकनका आधारमा व्यक्तिलाई यौन अपराधीको सुचिमा राख्न सक्छ।

सीसीटीले उसको अनुसन्धानबाट ती नेपाली आप्रवासीले पुनः अपराध गर्ने मध्यम जोखिम भएको रिपोर्ट बुझायो। यस रिपोर्टले एक त नेपाली व्यक्तिलाई कानुनी दस्तावेजमा यौन अपराधीका रुपमा सूचीकृत गर्छ भने अर्को उनी अष्ट्रेलीयाबाट निकालिन सक्छन्। -एजेन्सी 

कमेन्ट लोड गर्नुस