भारतमा मंकिपक्स संक्रमणबाट एक युवकको मृत्यु
दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको छ। हालै संयुक्त अरब इमिरेट्स (युएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो।
उनको मृत्युपछि परीक्षण गरिएको नमुनामा भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री विणा जर्जले पुष्टि गरे। मंकिपक्स संक्रमिण पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका बीसजनालाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरी चिकित्सकको निगरानीमा राखिएको छ।