पूर्व प्रधानमन्त्रीको इन्स्टाग्राम ह्याक
२०७९ साउन १६, ०९:०४
काठमाडौँ: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता ह्याक भएको छ।
पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई)का अध्यक्ष समेत रहेका खानको इन्स्टाग्राम सोमबार ह्याक भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
टाइम्स अफ इन्डियाका अनुसार ह्याकरले इमरानको इन्स्टाग्राम ह्याक गरेपछि उक्त अकाउन्टबाट क्रिप्टोकरेन्सीका बारेमा प्रचारात्मक ट्विट सेयर गरेको पाइएको हो।
कमेन्ट लोड गर्नुस