सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमान खानलाई बन्दुक बोक्न दिइने 

२०७९ साउन १६, ०८:१० खबर संवाददाता

मुम्बईः ज्यान मार्ने धम्कीपछि बलिउड अभिनेता सलमान खानले हतियार राख्ने अनुमति पाएका छन्। केही समयअघि अभिनेता खानलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीमा निवेदन दिएका थिए।

त्यसलगत्तै उनको सुरक्षा प्रबन्ध कसिलो बनाइएको थियो। सलमानले बन्दुक राख्ने इजाजतका लागि निवेदन दिइएको र त्यस सम्बन्धमा मुम्बई प्रहरी प्रमुख विवेक फणसालकरसँग छलफलसमेत भएको बलिउड हंगामाले जनाएको छ।

प्रहरीले सलमानमाथिको ’थ्रेट’लाई अनुसन्धान गर्दा तथ्यसहितको प्रमाण भेटिएपछि प्रशासनले उनलाई बन्दुक बोक्ने इजाजत दिएको हो। सलमानले आफ्नो निजी गाडीलाई पनि बुलेट प्रुफ बनाएका छन्।  


 

कमेन्ट लोड गर्नुस