सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका १७ वर्षीय बोहराको पहिलो म्युजिक भिडिओ सार्वजनिक

२०७९ साउन १६, ०१:०० खबर संवाददाता

धनगढीः बैतडीका १७ वर्षीय दिनेश बोहराको पहिलो म्युजिक भिडिओ सार्वजनिक भएको छ। बैतडी पुर्चौडी नगरपालिका–५ का बोहराको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको हो।

१७ वर्षकै उमेरमा सांगितिक यात्रा सुरु गरेका उनले ‘हैहै सैसै’ बोलको गीतबाट अभिनय यात्रा सुरु गरेको बताएका छन्। जगत तिरुवाको शब्द संगित रहेको उक्त गीतमा सुमन ताम्राकारले आवाज दिएका छन्। उक्त गीतमकाे म्युजिक भिडिओमा निर्देशक तथा मोडेल विक्रम चौहान, दिनेश बोहरा, स्मारिका ढकाल, जगत तिरुवा र विक्रम वडलाई देख्न सकिन्छ।

सुदूरपश्चिमको बैतडी घर भएका बोहराले आगामी दिनमा पनि संगित तथा मोड्लिङ क्षेत्रमा संक्रिय हुने बताएका छन्।


 

कमेन्ट लोड गर्नुस