सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रभु बैंक र सैञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्झौंता 

२०७९ साउन १५, १०:४६ खबर संवाददाता

काठमाडौँः प्रभु बैंक र सैञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्झौंता भएको छ। आइतबार काठमाण्डौंको होटल मेरियटमा दुई बैंकबीच मर्जर सम्झौता भएको हो। सेन्चुरी र प्रभु बैंकबीच १/१ को अनुपातमा मर्जरमा जाने सम्झौता भएको हो। तर, बैंकको नाम भने प्रभु बैंक लिमिटेड नै रहने भएको छ।

सम्झौताअनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रहनेछन् भने सेन्चुरी बैंकका सिईयो मनोज न्यौंपाने डेपुटी सिईयो बन्ने सहमति भएको छ। सात सदस्यीय संचालक समितिमा प्रभुबाट ४ र सेन्चुरीबाट ३ जना रहने सहमति समेत भएको छ। दुवै बैंक मर्जरमा गएसंगै बैंकको चुक्तापुंजी २२ अर्ब रुपैयाभन्दा माथि पुग्नेछ।

कमेन्ट लोड गर्नुस